भोजपुर, २५ कार्तिक ।
यस पटकको मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा भोजपुरमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा दलहरुले एक आपसमा तालमेल गरेसंगै प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो । विगतमा भएका निर्वाचनको मत परिणाम हेर्दा भोजपुर जिल्लामा एमालेको वर्चसो देखिन्छ ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा भने एमालेको किल्ला भत्काउदै माओवादीले दुवै क्षेत्रमा जित हसिल गरेको थियो । तर २०७० साल मंसिरमा सम्पन्न निर्वाचनमा पुनः भोजपुरका दुवै क्षेत्रमा एमालेले विजयी हासिल गर्दै आफ्नो किल्लाका साख जोगाएको थियो ।
गत असार १४ मा सम्पन्न निर्वाचनमा एमालले सवै स्थानिय तहमा जित हासिल गर्न नसके पनि जिल्लाको पहिलो पार्टी भने वन्न सफल वनेको देखिन्छ ।स्थानिय तह अनुसार २ नगरपालिका र ७ गाउपालिका रहेको भोजपुरमा एमालेले र काङ्ग्रेसले चार÷चार र माओवादी केन्द्रले एक वटा स्थानिय तहमा जित हासिल गरेका थिए । चार ओटा स्थानीय तह मात्रै जितेको भए पनि वडा लगाएतको मत परिणाम हेर्दा भोजपुरमा एमाले पहिलो दल बनेको थियो ।
निर्वाचनको अन्तिम परिणाम अनुसार एमालेले २५ हजार ६ सय ८५ मत प्राप्त गरेको थियो । उस्ले हतुवागढी गाउँपालिका प्रमुख र उपप्रमुख, टेम्के मैयुङ गाउँपालिकामा प्रमुख र उप प्रमुख, रामप्रसाद राई गाउँपालिका प्रमुख र पौवादुङ्मा गाउँपालिकामा प्रमुख जितेको थियो ।त्यस्तै भोजपुर नगरपालिका र षडानन्द नगरपालिकामा उपमेयर र साल्पासिलिछो गाउँपालिकामा उपप्रमुख जितेको थियो । एमालेले ३७ वटा वडा जितेको थियो । नौ वटा स्थानीय तह रहेको भोजपुरमा सबै तहमा एमालेले उम्मेदवार उठाएको थियो भने अन्य दलहरुको तालमेलकाबिच एमाले एक्लो थियो ।
नेपाली कांग्रेस भोजपुरमा दोस्रो भएको थियो । भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, साल्पा सिलिछो गाउँपालिकामा प्रमुख र अरुण गाउँपालिकामा प्रमुख र उप्रमुख जितेर दोश्रो वनेको थियो । कांग्रेसको २० हजार ५ सय ६१ मत प्राप्त थियो । स्थानिय तहमा कांग्रेसले २५ वडा जितेको थियो ।
माओवादी केन्द्रले १८ वडा र एक स्थानिय तह जित्दै तेस्रो भएको थियो । केन्द्रले १२ हजार ७ सय ६९ मत पाएको थियो । संघिय समाजावादी फोरम नेपालले २ हजार ९ सय १६ मत प्राप्त गरेको थियो ।तर मंसिर १० मा हुन लागेको निर्वाचनमा भने मतपरिणाम कस्तो होला भन्ने आकलन गर्न निकै कठिन रहेको छ । कारण दलहरु विच भएको तालमेल ।
जिल्लामा विभिन्न निर्वाचनमा जित हासिल गदै आएको एमाले र माओवादीको बाम गठवन्धनले निर्वाचनमा तालमेल गरेर उमेद्धवार उठाएको छ । बाम गठवन्धनले प्रतिनिधि सभाको लागि माओवादी केन्द्रका पुर्व सभासद सुधन किराँतीलाई उठाएको छ । माओवादिका पोलिटव्यूरो सदस्य किराति २०६४ सालमा पहिलो संविधान सभामा भोजपुर क्षेत्र नंम्बर २ बाट निर्वाचित भएका थिए ।
यता तोकतान्त्रिक गठवन्धले उमेशजंग रायामाझीलाई उमेदवार वनाएको छ । रायामाझी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय महामन्त्री हुन् । रायामाझि इमान्दार नेताको रुपमा जिल्लामा परिचित छन् । दुवै गठवन्धनबाट उठेका उमेद्धवार भएकोले किराँती र रायामाझी विच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
बाम गठवन्धनले भोजपुर (क) मा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राईलाई उठाएको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत भएका राई जनआन्दोलनको समयमा चर्चित भएका थिए
राईको प्रतिस्पर्धीको रुपमा लोकतान्त्रिक गठबन्धनबाट संघिय समाजवादि फोरमका केन्द्रिय सचिव अजम्बर राई काङमाङको उमेदवारि परेको छ । नेकपा एमालेबाट राजनैतिक जिवन थालेका काङमाङ तत्कालिन प्रजातान्त्रिक युवा संघका अध्यक्ष समेत भएका थिए । एमालेबाट वाहिरिदा उनि केन्द्रिय सदस्य रहेका थिए । दुवै उम्मेदवार प्रखर वक्ता मानिन्छन ।
भोजपुर (ख) मा एमालेकै नेता पुर्व सञ्चारमन्त्री एवं पोलिटव्यूरो सदस्य शेरधन राईलाई उमेद्धवार वनाएर चुनावी मैदानमा उत्रिएको छ । राई प्रदेश नंम्बर १ मा भावि मुख्य मन्त्रिको रुपमा समेत हेरिएका व्यक्ती हुन् । २०४४ साल देखि विद्यार्थी राजनितिबाट राजनैतिक यात्रा थालेका राई हाल पार्टिको पोलिटव्यूरो सदस्य समेत रहेका छन् ।
राईका प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रसका गोविन्द वहादुर कार्की रहेका छन् । काग्रेसले पुर्व जिल्ला पार्टी सचिव तथा माहासमिति सदस्य गोविन्द बहादुर कार्कीलाई उठाएको हो ।
एमालेको पहिलाबाटै जित्दै आएको ठाँउ हुनाले कार्यकर्तालाई मिलाएर जान सके वाम गठवन्धनले जित हासिल गर्ने जानकारहरुको भनाई छ । तर गठवन्धनले धोका दिए यसै भन्न नसकिने जानकार वताउ छन् । विगतमा भोजपुर जिल्लामा एमाले विरुद्ध रहेको माओवादी केन्द्र तालमेलसंगको तालमेललाई धेरैले अनौठो रुपमा हेरेका छन् । भोजपुरमा माओवादी सहित अन्य ८ दलले एमाले विरुद्ध मोर्चा वन्दी नै गर्दै आएका थिए । अहिले प्रतिनिधि सभा सदस्यका लागि उठेका किरातीलाई २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा शेरधन राईले हराएका थिए ।
भोजपुर जिल्लामा ८ ओटा दलको तर्फबाट प्रदेश र प्रतिनिधि सभाको लागि २१ जनाको उमेदवारी परेको छ ।एक लाख वढी मतदाता सहभागी हुँदै यस पटकको निर्वाचनमा एक लाख १३ हजार ८ सय ९६ जना मतदाता रहेका छन् । जसमा महिला ५५ हजार ५ सय ३४ र पुरुष ५८ हजार ३ सय ६२ जना रहेका छन् ।
भोजपुरमा प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायमे गरिएको छ । भोजपुर (क) मा ५८ हजार चार सय ५५ र भोजपुर (ख)मा ५५ हजार ४ सय ४१ मतदाता रहेका छन् । जिल्लाका एक सय ४८ ओटा मतदान केन्द्र मध्ये (क) मा ७६ र (ख) मा ७२ ओटा रहेका छन् । त्यस्तै ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा रहेका छन् ।