रामप्रसाद राई गाउँपालिकामा डकर्मी तालिम सम्पन्न


तालिमको समापन पछि सामुहिक तास्विर खिँचादै सहभागी तथा प्रशिक्षक ।

भोजपुर २४ कार्तिक ।
भोजपुरको दक्षिणी राम प्र्रसादराई गाउँपालिकामा भुकम्प प्रतिरोधि घर निमार्णमा सम्बन्धी हयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम आज सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्यन एकाइको आयोजनामा भएको तालिम गत १८ गते बाट सञ्चालन भएको थियो । तालिम प्रदायक संस्था टे्रनिङ सेन्टर नेपाल सीतापाइलाद्धारा सञ्चालित तालीममा गाउँपालिका भरीका ३० जनाको सहभागीता रहेको थियो ।

प्राविधिक ज्ञानको कमीले भुकम्प पिडितले विभिन्न जिल्लामा घर बनाउन नसकिरहेको बेला यस तालिमले सहयोग पु¥याई तालिमले दक्ष डकर्मी उत्पादन भउपछि यहाँका भुकम्प पिडित लाभान्वित हुने संस्थाका जिल्ला संयोजक सुदिप उप्रतिले वताए ।

तालिम यस अगाडि भोजपुर नगरपालिकामा सम्पन्न भइसकेको र हाल साल्पासिलिच्छो गाउँपालिकामा सञ्चालन भइरहेको संयोजक उप्रेतिको भनाई छ । भोजपुरमा दश हजार ६ सय २४ घर घरपरिवार भुकम्प पिडित रहेका छन् ।

केहि स्थानिय तहका पिडितहरुले पहिलो किस्ताको रकम लिएर दोस्रो किस्ताको लागी काम अगाडि बडाएका छन् भने कतिपय पिडितसंग सम्झौता भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार