भोजपुरका दलहरुमा चुनावी प्रचार प्रसारमा व्यास्त, आमचोक गाउँपालिकामा वाम गठवन्धनका चुनावी सभा सम्पन्न


भोजपुर, २४ कात्तिक ।
भोजपुरका दलहरु निर्वाचनको प्रसार प्रसारमा लागेका छन् । निर्वाचनको प्रचारका लागि दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा चुनावी कार्यक्रम व्यास्त रहन थालेका हुन ।

यसै अनुरुप निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै वाम गठवन्धनले आमचोकमा गाउपलिकाको वालंखामा संयुक्त चुनावी आम सभा गरेको छ । यस अघि गाउँपालिका र नगरपालिका स्तरीय संयुत्त कार्यकर्ता भेला गर्दै आएको गठबन्धनले विहिबारबाट आफनो चुनावी आमसभालाई तिव्रता दिएको हो ।

आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार नेकपा माओवादि केन्द्रका पोलिटव्युरो सदस्य सुदन किरातिले आफु भोजपुरमै जन्मेर भोजपुरकै लागि समाज सेवा र राजनिति गरेकोले आगामी दिनमा भोजपुरमै रहेर जिल्लाको विकाससंगै समाज सेवा गर्ने भएकोले आफुलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रममा वोल्दै पुर्व सञ्चार मन्त्री एमाले पोलिट व्युरो सदस्य तथा भोजपुर क्षेत्र नं २ का उमेदवार शेरधन राईले जिल्लाको समग्र विकासमा विगतमा पनि योगदान गरेको र अगामी दिनमा पनि सदैव लागि पर्ने वताए।

यसको लागि आफू वाम गठवन्धनका उमेदवार वहुमतले विजयी गराउन आग्रह गर्नु भयो । आफुहरुले जिते भोजपुरलाई विकासको केन्द्र विन्दु राखेर काम गर्ने राईको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार