तिवारी भञ्याङ्गमा आगलागीबाट एक घर नश्न


भोजपुर २३ कात्तिक ।
भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं २ तिवारी भञ्ज्याङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । विहिवार विहान करीब ११ः ३० बजे शान्ता दर्जीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अन्दाजी २ लाख ९० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ । ढुङगाा माटोले बनेको खरको छाना भएको घरमा केटाकेटीले लाइटर खेलाउने क्रममा आगलागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगो इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार