मंसिर ५ सम्ममा हतियार वुझाउनु पर्ने…


भोजपुर,२२ कात्तिक ।
जिल्ला सुरक्षा समिति भोजपुरले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्ये नजर गर्दै लाईसेन्स प्राप्त हतियार वुझाउन सुचना जारी गरेको छ । निर्वाचनको वेला शान्ती सुरक्षामा खलल पुग्ने ठहर गर्दै सर्वसाधरणसंग रहेको हतियार वुझाउन सुचना जारी गरेको हो । समितिले मंसिर ५ गते भित्र गैर कानुनी रुपमा राखेका तथा लाइसेन्स प्राप्त हात हतियार वुझाउन आग्रह गरेको छ ।

यदि कसैले अटेर गरेर नवुझाएको र प्रहरी घरको खानतालसी गर्दा भेटिएमा कानुन बमोजिम कारवाही गरिने जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्यिार थारुले वताए । जिल्लामा रहेको तथ्याङ्ग अनुसार भोजपुरमा १७ ओटा लाइसेन्स प्राप्त हातहतियार रहेको समितिले जनाएको छ ।

सर्वसाधरणले हाल सम्म स्थानिय तह निर्वाचन अन्य समयमा गरि ७ ओटा मात्र हतियार वुझाएका छन् । अझै १० ओटा हतियार वुझाउन वाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार