६ नम्बर प्रदेशः नाम कर्णाली, राजधानी सुर्खेत तय


१२ फागुन ।
सबैभन्दा पछाडि स्थापना भएको प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानीको नामको टुङ्गो लगाएको छ। ६ नम्बर प्रदेशको नाम ‘कर्णाली’ राखिएको छ । शनिबार बसेको प्रदेश सभाको चौथो बैठकबाट ६ नं। प्रदेशको नाम ‘कर्णाली’ सर्वसम्मतले पारित गरेको छ भने राजधानीको रूपमा ‘सुर्खेत’लाई टुङ्गो लगाएको छ।

वैठकमा प्रदेशको नाम एमालेका संसदीय दलका नेता यमलाल कँडेलले प्रस्ताव गरेका थिए । यस्तै समर्थकमा नेपाली काँग्रेसबाट सांसद् जीवनबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोशिला शाही रहेका थिए ।

प्रदेश सभाले अस्थायी राजधानीका रुपमा तोकिएको सुर्खेतको वीरेन्द्रनगर नै अब स्थायी राजधानी हुने भएको हो । राजधानी सुर्खेत बनाउन नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए ।

एमालेबाट सांसद् अमर थापा, माओवादीका तर्फबाट नरेश भण्डारी र राप्रपाका तर्फबाट सांसद् सोशिला शाहीले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार