३० किलो गाँजासहित दुई पक्राउ


मोरङ, १२ फागुन ।

प्रहरीले ३० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

 

बिशेष सुराकिको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले धनकुटा खाल्छा छिन्ताङ गाउँपालिका २ बस्ने १९ बर्षिय प्रबिन बिक र सोही ठाउँका २४ बर्षिय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको हो ।
सेतो प्लाष्टिकको बोरामा १ किलो जति अदुवा राखेर अदुवाको मुनिबाट लागूऔषध गाँजा बोकेर रंगेलीतर्फ जाँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो।

गाजासहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार