भोजपुरमा मतपत्र आयो, कुन क्षेत्रको लागि कति ….


भोजपुर, २१ कात्तिक ।
मंसीर १० मा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको मत आएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा सदस्य निर्वाचनका दुइ वटा निर्वाचन क्षेत्र कायम गरीएको भोजपुर जिल्लाको प्रत्यक्ष तर्फ एक लाख २९ हजार र समानुपातिक तर्फ पनि एक लाख २९ हजारनै मत पत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभा तर्फ भोजपुर (क)का लागि ६६ हजार र भोजपुर (ख) का लाति ६३ हजार मतपत्र आएको कार्यालयले जनाएको छ ।

यस पटकको निर्वाचनमा एक लाख १३ हजार ८ सय ९१ जना मतदाता रहेका छन् । जसमा ५५ हजार ५ सय २९ महिला र ५८ हजार ३ सय ६२ जना पुरुष रहेका छन् । भोजपुरमा प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

भोजपुर (क) मा ५८ हजार चार सय ४९ र भोजपुर (ख)मा ५५ हजार ४ सय ४२ मतदाता छन् । जिल्लाको १ सय ४८ ओटा मतदान केन्द्र मध्ये भोजपुर (क) मा ७६ र भोजपुर (ख) मा ७२ ओटा रहेका छन् ।

त्यस्तै ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा रहेका छन् । जिल्लामा निर्वाचनको गतिविधि तिव्र रुपमा सञ्चालन भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार