नेपाल प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत


भोजपुर १४ भदौ।

नेपाल प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत चयन हुनुभएको छ। आइतबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्ष (खुला) मा दिपेन्द्र लुइटेल, महिला उपाध्यक्षमा सरिता सुनुवार, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा सुष्मा राई र कोषाध्यक्षमा तारा मोक्तान चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा कविता खड्का, एलिना श्रेष्ठ, सागर बस्नेत, सुजन अधिकारी र मनिता कार्की चयन हुनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार