दुबईमा ३४ जना नेपाली अलपत्र, भन्छन पाकिस्तानीले दिएको रोटी खाएर बाँचेका छौँ


काठामाण्डौं गल्फुटार स्थित भिक्टोरिया म्यानपावर बाट २०५० दिराम बेसिक तलब भनेर इमिरेट्स ट्रान्सपोट कम्पनीमा मोटर साईकल चालकको रुपमा गएका नेपालिहरु अहिले अलपत्रमा परेका हुन् ।

पिडित मध्येका कृष्णकुमार श्रेष्ठले नयाँबाटोडटकम सँग कुरा गर्दै भने पाकिस्तानीले दया गरेर रोटि दिन्छन र बाँचेका छौँ कम्पनीले न खान दिएको छ न तलब नेपाल बाट आउँदा २०५० को संझौता गरायो अहिले त्यो पनि अर्कै संझौता पेपर थमाएको छ ।

नेपाल स्थित म्यानपावरमा फोन गर्दा फोन उठ्दैन उठाएपनि हामि गर्छौँ भन्दै फोन राख्छन आफन्त बाट पैसा झिकाएर जसोतसो बाँचिएको छ श्रेष्ठले गुनासो पोखे ।

मोटरसाईकलको लाइसेन्स लिनै २(३ महिना लाग्ने र त्यसपछि काममा जान पनि केहि समय लाग्ने भएकाले करिब आधि वर्ष त्यतिकै बित्ने भो भन्दै उनले थपे बाख्रा कोचे झैँ सबैलाई एउटा कोठामा राखेको छ अझ कोहि त सुत्ने ठाउँ नपाएर सडक पेटीमा सुतेको उनिहरुले बताए । नयाँबाटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार