
टेम्केमैयुङद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान
भोजपुर, २० असार । टेम्केमैयुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले सफल विद्यार्थीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको हो। समान ३ दशमलव ४७ जिपिए ल्याएर पालिकास्तरीय प्रथम स्थान हासिल गरेका दुई विद्यार्थीलेलाई नगद रु सात हजार ५०० पुरस्कार वितरण गरिएको छ ।अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयका चुडामणि श्रेष्ठर जनोदय माध्यमिक विद्यालय, कोटकी पस्लमू शेर्पालाई पुरस्कार वितरण गरिएको हो ।
त्यसैगरी, विद्यालयस्तरीय प्रथम भएका छ जना विद्यार्थीलाई नगद रु. पाँच हजारका दरले पुरस्कृत गरिएको छ । तिम्मा माध्यमिक विद्यालय, तिम्मा उज्वल राई, पशुपति माध्यमिक विद्यालय, तिम्माका आन्दोलन राई, चण्डेश्वरी माध्यमिक विद्यालय नागीकी निस्मा राई, ,विद्येश्वर माध्यमिक विद्यालय, गोगनेकी, नविना विसुन्के,त्रिभुवन धर्मदय माध्यमिक विद्यालयकी छात्रा रेहा कुलुङ राई र सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका रोजन मगर पुरस्कृत गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले सम्मान कार्यक्रमले विद्यार्थीमा अझ राम्रो पढाइका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष रमादेवी राईले शिक्षा क्षेत्रको विकाससँगै विद्यार्थीहरूमा थप प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयको रुपमा अन्नपूर्ण बागधन रणदीपा माध्यमिक विद्यालयलाई पनि सम्मान प्रदान गरिएको शिक्षा शाखाका प्राविधिक सहायक प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।




















