
भोजपुर, २५ चैत ।
भोजपुर बहुमुखी क्याम्पसको ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’को अध्यक्षमा शरणकुमार राई निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न क्याम्पसको ११ औँ एकाई अधिवेशनबाट अध्यक्षमा राई निर्वाचित हुनु भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश कट्टेल, सचिव लकेश राई, कोषाध्यक्ष नवराज सापकोटा, सदस्यहरुमा सम्झना प्रधान, सुनिल भुजेल, रोशनबावु प्रधानसहित सात सदस्य कार्यसमिति चयन गरिएको हो । नेपाल प्रगतिशील प्रध्यापक संगठनका केन्द्रीय सदस्य भुलानाथ राईको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको विषेश अथितिहरुमा पूर्व एकाई अध्यक्ष उत्तम सिंह राई, प्रदेश कमिटि सदस्य वावुराम ओझा र पूर्व सचिव रिन्जु शेर्पा रहनु भएको थियो ।





















