भोजपुर, १ बैशाख । १४ औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुरले तेवान्दो तर्फ स्वर्ण पदक हात पारेको छ । १४ वटा जिल्लाको सहभागिता रहेको प्रतियोगितामा भोजपुरका वियोज राईले स्वर्ण पदक हात पार्नु भएको हो ।
प्रतियोगितामा सटफुट तर्फ सविना राई रजत र सिजन राईले कास्य जितको जिल्ला खेलकुद समितिका सचिव ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । चार सय मिटर दौडमा तृष्णा राई फाइनल प्रवेश गर्नु भएको छ भने छात्रा भलिवल तर्फ भोजपुरले धनकुटालाई पराजित गरेको छ ।
इटहरी रंगशालामा चैत ३० गतेबाट शुरु भएको प्रतियोगिता बैशाख २ गते सम्म सञ्चालन हुने छ ।