भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, सुरज र खगेन्द्रको टिमलाई उपाधी


भोजपुर, ९ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको छ भने मुमिहाङ राई र चन्दन कटुवालको समुह दितिय बनेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले नगद रु ११ हजार १११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रविन थापाले जानकारी दिनुभयो । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीले फागुन ११ गतेबाट‘दोश्रो केपि ओली कप’ सञ्चालन गर्ने सन्दर्भलाई लक्षित गरेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले व्याडमिन्टन प्रतियोतिा सञ्चालन गरिएको हो । युवा संघ नेपालको स्थायी कमिटी सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राई प्रमुख आथित्यमा भएको प्रतियोगिताको विषेश अथिति प्रदेश सांसद सिर्जना राई रहनु भएको थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेम कार्की, नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का एमाले जिल्ला कमिटी सचिव तथा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई जिल्ला कमिटी सदस्य इन्द्र थापालगायतको उपस्थिति रहेको थियो । खेलको अवसरमा भोजपुरका व्याडमिन्टनका राष्ट्रिय तथा अन्तराष्ट्रिय खलाडीहरुलाई सम्मान समेत गरियको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार