हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद फैसला भएका ब्यक्ति ३४ वर्षपछि पक्राउ


भोजपुर, ७ असोज । कर्तव्य ज्यान मुद्धामा ३४ वर्षदेखी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षिय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसाला गरेको थियो । फैसला भएको मुद्धा कार्यान्वय गराउनको लागि प्रहरी हवल्दार चितरंजन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आइतबार पत्रकारसम्मलेनमार्फत जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदिपराज पाठकले जानकारी दिए ।

फरार प्रतिबादी राईले स्थानीय बुद्धीकुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भिर घाइते बनाएका थिए । बुद्धीबहादुरको उपचारको क्रममा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार