सानोदुम्माका चार सय ४३ विद्यार्थीलाई पोशाक वितरण


भोजपुर १७ असार । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ । वडा भित्रका ६ ओटा सामुदायिक विद्यालयका चार सय ४३ जना बालबालिकाहरुलाई विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

गरिब तथा न्यन आयश्रोत भएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गएको वडा कार्यालयले जनाएको छ । वडाले सानोदुम्मा माध्यमिक विद्यालय, महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्वक्षितिज प्राथामिक विद्यालय, सुन्दर ज्योती प्राथामिक विद्यालय र जाल्पा प्राथामिक विद्यालयका इसीडीदेखि कक्षा १० सम्मका बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप पोशाक वितरण गरेको वडाध्यक्ष बोम प्रसाद राईले बताए ।

‘हामीले विगतका बर्षहरुमा पनि शैक्षिक सुधारका लागि शैक्षिक सामग्रीसँगर्् झोला लगाएतका सामग्री वितरण गर्दै अएका छौ’’वडाध्यक्ष राईले भने,‘‘यस वर्ष वडाभित्रका सम्पूर्ण बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ । यसले गरिब तथा आयश्रोत नभएका विद्यार्थीहरूलाईसमेत राहत मिलेको छ, आगमी बर्षहरुका समेत यो कार्यक्रमलाई निरन्तरता दिईन छ । ’ वडाले यस वर्ष चार लाख ५० हजार बराबरको पोशाक वितरण गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार