छैठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा


भोजपुर, ८ चैत । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको तयारी पुरा भएको छ । आगामी शुक्रबारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकारसम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो । नकआउट चरणमा चैत १० गतेदेखी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विदेशीसहित आठ टिमको सहभागिता रहने भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिए ।

विदेशी टिममा एभिनियर फुटबल क्लब क्यामरुन र युकेएफसी भारत रहेका छन् । त्यस्तै नेपाली टिमा एनबीवाईसी सप्तरी, डाँगीहाट युथ क्लब मोरङ, गोर्खा ब्वाइज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ, बसाहा क्लब उदयपुर र आयोजक भोजपुर जिल्ला फुटबल संघ सहभागी रहने छन् । प्रतियोगिताको कुल लागत रु. ३२ लाख ८० हजार एक सय ११ रहेको आयोजक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगिताको विजेताले नगद रु .पाँच

लाख र उपविजेताले तीन लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र भोजपुर जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । कुल लागत मध्ये २५ लाख भोजपुर नगरपालिका र अन्य सहप्रयोजक तथा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भएको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार