बोकेदाह्रीको ‘काका हरायो’ सार्वजनिक


भोजपुर, २७ पौष ।

चर्चित हास्य हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) को सन्देशमुलक गीत काका हरायोको म्यूजिक डिभियो सार्वजनिक भएको छ । लुइँटेलकै अफिसियल युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । बोकेदाह्री र मनिषा पोखरेलको आवाजमा रहेको गीत अच्युत अधिकारीले लेखेका हुन् ।
बालबालिकाहरूले अंग्रेजी शब्द मात्रै घोक्दै जाँदा नेपाली संस्कृति र शब्द नै भुलेको कुरालाई गीतमार्फत उठान गरिएको छ । गीतले समाजमा रहेको बिकृति र विसंगतिलाई उठान गरेको छ ।
बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिने लक्ष्यले गीतको म्यूजिक भिडियो तयार गरिएको गायक लुँइटेलले जानकारी दिए । युट्युब सार्वजनिक गरिएको म्यूजिक भिडियो धेरैले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार