कक्षा ११ को नतिजा नतिजा आज सार्वजानीक हुने , यसरी हेर्नुस् रिजल्ट


काठमाडौं, २९ पौष  . राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा भएको करिब भक्तपुर परीक्षा भएको सात महिना पछि बल्ल कक्षा ११ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने बताएको छ ।

परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । तर कुन ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गर्न लागिएको हो भन्ने बारेमा नतिजा सार्वजनिक गर्ने जिम्मा पाएका संस्थाहरुलाई बोर्डले कुनै जानकारी दिएको छैन । नतिजा सार्वजनिक गर्ने जिम्मा पाएका संस्थाहरुलाई समेत प्राविधिक परिवर्तनका बारेमा जानकारी नदिदाँ विद्यार्थीले समयमा परीक्षाफल थाह पाउन कठिन हुने संकेत देखिएको छ ।

एसईईले अपनाइरहेको शैली अनुशरण गर्ने कि अर्को शैली अपनाउने भन्ने बारेमा बोर्डमा अलमल भएको थियो । उक्त अलमल कसरी समाधान भयो भन्ने कुरा बोर्डले सार्वजनिक गरेको छैन । जसको मार लामो समय सम्म नतिजाको पर्खाईमा बसेका विद्यार्थीले भोग्ने भएका छन् ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार