भोजपुरलाई तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गर्छु : पूर्वमुख्यमन्त्री शेरधन राई


भोजपुर ९ कात्तिक । प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरलाई आगामी तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गरेर छाड्ने बताएका छन् । एमाले भोजपुरले आयोजना गरेको कार्यकर्ता भेला तथा बैठकलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन ।पार्टीको तर्फबाट जितेर गएपछि विभिन्न जिम्मेवारी पुरा गर्दै विकासको लहर चलाएको भन्दै उनले जितेर गएपछि जिल्लालाई उज्यालो घोषणा गरेर छाड्ने दाबी गरे ।

राईले भने,‘हामीले जिल्लाको विकासमा ध्यान दिने हो । यहाँ धेरै विकासका गातिविधि अघि बढी सकेका छन् । मैले दिर्घकालिन महत्वका धेरै योजनाहरु आफैले शिलान्यास गरेर उद्घाटन गरिसकेको छु । अबको तीन वर्ष भित्र भोजपुरलाई उज्यालो घोषणा गर्ने मेरो योजना छ ।’ पूर्वमुख्यमन्त्री राईले आफु प्रदेश १ को मुख्यमन्त्री हुँदा सडक, पुल, भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, लगाएतको क्षेत्रमा योजनाबद्ध रुपमा कामको थालनी गरेको बताए । जिल्लामा साढे तीन वर्षको अवधिमा पाँच अर्बको हारहारी बजेटका ४ सय २१ बढी योजनाहरु सञ्चालन गरेको जानकारी दिए । ‘ जनताले एक सक्षम र सवल नेतृत्व चयन गर्दा साढे तीन वर्षको अवधिमा जिल्लामा विकासको लहर चलेको छ ’’ पूर्वमूख्यमन्त्री राईले भने,‘ विपक्षीसँग चुनावको कुनै एजेण्डा छैन् । हामी कुनै पनि ठाउँमा चुकेका छैनौँ । मेरो कुनै पनि कमजोरी नपाएपछि विपक्षीहरुले चरित्र हत्या गर्ने दुस्प्रयास गरिरहेका छन् । यस्तो गैरराजनितिक गतिविधि गर्नु भनेको हारको मानसिकता हो ।’

आफु मुख्यमन्त्री हुँदा गरेको कामको सम्पूर्ण विवरणसहितको स्वयत पत्र जनता सक्षम आउने राईले जानकारी दिए । ‘जनतामा भ्रम छर्न खोजिएको छ’ राईले भने ‘मेरो कार्यकालमा भएका विकासका कामहरु स्वयत पत्र मार्फत जनताको घरघरमा आउछ । प्रतिस्प्रधि उम्मेदवारले आफुले गरेको कुनै एउटा कामको देखाउने सक्ने अवस्था छैन ।’’ जनताको मनमनमा एमाले रहेकोले जीत सुनिस्चित रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार