स्वास्थ्य कार्यालय भोजपुरद्धारा नौ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित


भोजपुर २४ असार । स्वास्थ्य कार्यालय भोजपुुरले नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । जिल्लाका विभन्न ठाँउमा रहेको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई सम्मान गरिरको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

एक पालिका एक सामुदायिक स्वास्थ्य महिला स्वयमसेविका सम्मान कार्यक्रम अन्तरगत दुई नगरपालिका र सात गाउँपालिकाका नौ जनालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरका स्वास्थ्य शिक्षा प्रशिक्षक राजु श्रेष्ठले जानकारी दिए । सम्मानित हुनेमा बसन्ती राई, गिता बस्नेत, निश्मा मगर, सुमित्रा मगर, राधादेवी तामाङ, मन कुमारी राई,पार्वती राई,रमिता मगर र सुनिता तामाङलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताए ।

प्रमुख तिवारीले भने ‘हामीले जिल्लाका विभिन्न स्थानीय तहमा काम गरिरहेका स्वास्थ्य महिला स्वयमशेविकालाई सम्मान गरेका छौ, यो छनोटको जिम्मा हाली सम्वन्धीत स्थानीय तहलाईनै दिएका थियौँ उहाँहरुको सिफारिसको आधारमा नौ ओटै पालिकाका एक एक जना सम्मानित हुनु भएको छ यसले उहाहरुलाई काम गर्न थप हौसला मिल्ने छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खड्काले यस्तो सम्मन कार्यक्रमले महिला स्वयसेविकाहरुमा काम गर्न थप हौसला मिल्ने बताईन । सम्मान पाएपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार