भोजपुरमा लोकतान्त्रिक गठवन्धनद्धारा चुनावी प्रचार प्रसारलाई तिव्रता


भोजपुर १३ कार्तिक।
नेपाली काङ्ग्रेस संघिय समाजवादी फोरम नेपालको लोकतान्त्रिक गठवन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । यसै अनुसार यतिवेला गठवन्धनका नेता तथा कार्यकर्ता गाउँगाउँमा निर्वाचनको प्रचारको लागि खटिएका छन् । जस अनुसार गठवन्धले मैयुङ गाउँपालिका १,२,३,४, र ५ को संयुक्त चुनाव प्रचार प्रसार तयारी कार्यक्रम अन्नपूर्णमा सम्पन्न गरेको छ । कार्यक्रमबाट सुकुराम राईको संयोजकत्वमा ११ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरीएको छ भने दिपचन्द्र राईको संयोजकत्वमा ७९ चुनावी स्वयमसेवक युवा समिति गठन गरीएको छ । त्यस्तै दिपचन्द्र राई संयोजक र अधीराज राई उपसंयोजक रहने गरी ७ सदस्य गठबन्धन चुनाव प्रचार प्रसार समिति पनि गठन गरेको छ । ट्याम्के मैयुङ गाउँपालिकाका संयोजक सरोज बस्नेतले वताए । त्यस्तै पौवादुम्मा गाउपालिकाको श्यामशिलामा पनि निर्वाचन परिचालन समिति गठन गरेको गठवन्धनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार