भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु


भोजपुर २७ फागुन । भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दावाँली मिलन क्लव, नेपाल चिकित्सक संघ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । दूरदराजमा रहेका गरिव असक्त सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रवारबाट स्वास्थ्य शिविर शुरु गरिएको हो ।

दावाँली मिलन क्लवको लगाएत विभिन्न संघ संस्थाको संयोजनमा जिल्ला सदरमुकाममा शुरु गरिएको स्वास्थ्य शिविरमा डा. भगवान कोईराला, डा.लोचन कार्की, डा. आनान्द श्रेष्ठ लगाएत सय जना बढी विशेषज्ञ चिकित्सक सहितको टोलीले विरामीहरुको परिक्षण गरिरहेको छ  । स्वास्थ्य शिविरको पहिलो दिन करिव एक हजार ६० जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको दावाली मिलन क्लव काठमान्डौंका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
शिविरमा मूटू रोग, हार्डजोर्नी, दम, स्त्री रोग, यौन रोग, नाक, कान,घाँटी, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, लगाएत रोगको परिक्षण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विशेषज्ञ चिकित्सकहरुको उपस्थितीमा सदरमुकाममै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राहीसमेत हर्षित भएका छन् ।

१५ वेडको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय बासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्य उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्षित गरेर शिविरको आयोजना गरिएको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले बताए ।

शिविरको उद्घाटन राज्य मन्त्री उमेश श्रेष्ठले गरेका हुन । कार्यक्रममा बोल्दै राज्य मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्यको विकासले मात्र समाजको परिवर्तन सम्भव रहेको बताएका छन् । त्यस्तै कार्यक्रममा प्रदेश १ का पुर्व मुख्य मन्त्री तथा भोजपुर (ख) का संसद शेरधन राईले १५ वेडको जिल्ला अस्पताललाई चाडैनै ५० वेड क्षमतामा विस्तार गर्न पहल गर्ने बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार