भोजपुरमा अख्तियारले कार्यक्रम गर्यो, कति परे भोजपुरबाट अख्तियारमा मुद्धा ?


भोजपुर, २५ पौष ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरका सरकारी कार्यालय तथा संघ सस्थालाई पारदर्शी र सेवाग्राही प्रति उत्तरदायि हुन अनुरोध गरेको छ । भोजपुर जिल्लाबाट पनि धेरै संख्यामा अख्यिारमा उजुरी पर्ने गरेको वताउदै सवैलाई यस तर्फ सजक रहन आग्रह गरेको हो ।

जिल्लाबाट अघिल्लो आर्थिक वर्ष ७३/ ७४ मा २७ वटा मुद्धा दर्ता भएकोमा २० वटा फछौंट भइसकेकोे छ भने यो आर्थिक वर्षको मंसीर मसान्त सम्म ८ वटा नयाँ मुद्धा र अघिल्लो आर्थिक वर्षको बाँकी ७ वटा गरी जम्मा १५ वटामा ६ वटा फछौंट भइसकेका छन् । भने ९ वटा फछौंट हुनु बाकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग धनकुटाले जनाएको छ ।

मंगलवार जिल्लामा सरोकारवाला निकायहरुसंग भष्टचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो ।

छलफल कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावीत्री थापा गुरुङले जिल्ला स्थीत कार्यालयको वातावरण सेवागाह्री उन्नमुख, बनाउनु पर्ने, नागरीक वडा पत्र, सहायत कक्ष लगाएतको व्यवस्थापन गरी कार्यालय प्रमुखहरुले जनताको सेवाप्रति पूर्ण रुपमा बफदार हुनु पर्ने वताइन् ।
कार्यक्रममा बोल्दै जिल्ला सम्न्वय समितिका प्रमुख लक्ष्मण खड्काले भष्टचार युक्त्त समाज निर्माणका लागी निर्वातिच जनप्रतिनिधी र कर्मचारी बिच नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्ने वताए ।अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग कार्यालय धनकुटाका प्रमुख पुरुषेतम दाहाल अख्तियार दुरुपयोग कार्यालय इटहरिका प्रमुख प्रदिप कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत अख्तियारको भुमिका र नेपालमा भ्रष्टचारको स्थितिका विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा लेखा अधिकृत , स्थानिय निकायका प्रमुख उपप्रमुख लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार