भोजपुरमा गाई काटेको अभियोगमा एक जना पक्राउ


भोजपुर, १५ बैशाख ।

 

जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो । गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राती ११ः३० बजे नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेका परियारको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु : नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । उनमा मधुमेहको पुरानै समस्या थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार