भोजपुरमा डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट


भोजपुर, १३ चैत । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का चार घर जलेका हुन् । आगालागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ८ का अर्जुन राई, कञ्चन राई, भिमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सुख्खा मौससमा मालढुंगा सामुदायिक बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ । आगलागीबाट चार वटा घर र गोठ जलेर पूर्ण नष्ट भएका र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार