विपद्को पुर्व तयारीमा जुट्न सह– सचिव दाहालको निर्देशन


भोजपुर, १३ भोेजपुर ।

नेपाल सरकारका गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका सह– सचिव जनकराज दाहालले जिल्ला विपद्को पुर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । विहिबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतमा भएको बैठक मार्फत दाहालले विपद् अगावै हुनु पर्ने तयारीका विषयमा गम्भिर भएर लाग्न निर्देशन दिएका हुन् । जिल्लाका सुरक्षा निकाय, कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख प्रशाकिय अधिकृत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रतिनिधि लगाएतको उपस्थितमा कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुर सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिए ।

बैठक जिल्ला विपद् व्यवस्थापन समितिले हाल गरेका कार्यहरु तथा आगमी कार्ययोजनाको विषयमा सह–सचिब दाहाललाई जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार