सिन्धुलीका एसपी तिम्सिना ३ महिना नबित्दै प्रधान कार्यालय तानिए


काठमाण्डौँ, १३ चैत। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो ।पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा कार्यालयमा कार्यरत थिए ।

प्रहरीले एक वर्षसम्म सरुवा नगर्ने नीति लिएको भए पनि आर्थिक वा अन्य विवादमा परेको खण्डमा भने जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सक्ने आचारसंहितामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार