भोजपुर, २३ पौष ।
भोजपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरु स्थानिय तहलाई हस्तान्तरण गरिएको छ । नगर क्षेत्रका सात वटा स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्र आइतवार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले नगरपालिकालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेकोे हो ।
स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अनुशार भोजपुर नगरपालिकाका हेलौछा स्वास्थ्य संस्था, बोखीम, सिद्धेश्वर, गुप्तेश्वर, शहरी स्वास्थ्य केन्द्र धापखर्क, भैसीपंखा, टक्सार र आम्तेक स्वास्थ्य चौकी, नगरपालिकालाई हस्तान्तरण गरीएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. त्रिभुवन चन्द्र झाले नगरपालिकाका मेयर कैलाश कुमार आलेलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वोल्दै भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले नगर क्षेत्रका सवै स्वास्थ्य संस्थामा अनिवार्य रुपमा एक अनमी र एक अहेव राख्ने वताए ।
त्यस्तै कार्यक्रममा वोल्दै जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर त्रिभुवन चन्द्र झाले स्वास्थ्य सस्थामा औषधीसंगै कर्मचारीको व्यावस्थापन ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।