भोजपुर सदरमुकाममा आगलागी हुदा एक घर जलेर नष्ट


भोजपुर १९ माघ । भोजपुर नगरपालिका -७ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानिय राज बहादुर राईको घरमा आगलागी हुँदा  घर जलेर नस्ट भएको हो । आगलागीबाट राईको घरमा रहेको लत्ता कपडा र घरमा प्रयोग गरेको काठ जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आज विहान विधुत सर्ट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय भोजपुरका ईस्पेक्टर प्रदिप लामाले जानकारी दिए ।

 

आगलागीबाट मानवीय र पशु चौपायको भने क्षति नभएको ईस्पेक्टर लामाले जनाकारी दिए । क्षेतीको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नेपाली सेना, प्रहरी,  २ वटा दमकल र  स्थानियको सहयोगमा नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार