भोजपुरमा रुखले किचेर एक व्यक्तिको मृत्यु


भोजपुर १७ माघ । अरुण गाउँपालिका ४, चरम्विस्थित उतीसको रुख ढाल्ने क्रममा रुखले किचिएर एक व्यक्तिको ज्यान गएको छ । स्थानीय ५७ वर्षीय नन्द प्रसाद ढकालको रुखले किचेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विहिवार दिउसो घर नजिकैको जंगलमा उतिसको रुख ढाल्ने क्रममा ढकाललाई रुखले किचेको थियो । मृतक ढकालको शव पोष्टमार्टम जिल्ला अस्पताल भोजपुर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्पेक्टर प्रदिप लामाले बताए ।

आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार