पछिल्लो समयमा विमाप्रति आकर्षण बढ्दो


भोजपुर, ३ माघ ।
पछिल्लो समय विमा तर्फ मानिसको आकर्षण बढ्न थालेको छ । विमा प्रतिको आकर्षण बढेसंगै विभिन्न उत्सव लगायतमा समेत विमा गर्ने प्रचलनको समेत विकास हुन थालेको छ । यसैको उदाहरण स्वरुप भोजपुर नगरपालिका १२ टक्सारका छत्रपती नेपालले आफ्नो नातीको जन्मदिनको अवसरमा नेपाल लाईफ इन्स्योरेन्स भोजपुरमा पाँच लाखको विमा गरिदिएका छन् । अन्य फजुल खर्च गर्नु भन्दा नातीको नाममा विमा गरिदिएको नेपालले बताए । यसले जोखिम बहनत गर्छनै भविष्यमा नातिलाई राम्रो शिक्षा दिन समेत सहज हुने उनको भनाइ छ । नेपालले भने ‘विमा कम्पनीहरु धेरै छन तर मलाई नेपाल लाईफ इन्स्योरेन्स नै विश्वासिलो लागेर यसमा विमा गरेको हो । थोरै खर्र्चको कटैती गरेर विमा गरेमा जीवनको समेत सुरक्षा समेत हने भएपछि यस तर्फ मानिसको आकर्षण बढ्न थालेको विमा कम्पनीहरु बताउँछन् । मानिसहरुले आफ्नो जन्म दिन, विबाह लगायतमा हुने खर्चको कटौती गरेर विमा गर्ने गरेको नेपाल लाईफ इन्स्योरेन्स उप शाखा कार्यालय भोजपुरका प्रमुख दिपक बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार