मुख्यमन्त्री शेरधन राई भोली गृह जिल्ला भोजपुर आउने, यस्तो छ कार्यतालिका


भोजपुर २४ कार्तिक ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आउने भएका छन् । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास गर्न कार्तिक २३ गते गृह जिल्ला आउन लागेका हुन् । जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय, सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री राईले कार्तिक २३ गते बिहान ८ बजे भोजपुर सदरमुकाम देखि टक्सार बिमानस्थल सम्मको सडक उदघाटन गर्ने पुर्वाधार विकाश कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै राईले सोहि दिन बिहान ९ बजे खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय उदघाटन । जिल्ला समन्वय समिती भोजपुरको कार्यालय परिसरमा बिहान ९:३० बजे भोजपुर सभाहल र भोजपुर नगरपालिका ६ देउरालीमा  बिहान ८ः३० बजे यलम्बर सभाहलको शिलान्यास गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री राईका प्रेस संयोजक धुव्र सुबेदीले बताए । यस्तै, कार्तिक २४ गते टयाम्के भ्यु टावरको शिलान्यास र टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार