भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाको टेन्डर १५ पछि पुनः आह्वान गरिने


भोजपुर, २२ पौष ।

भोजपुरको पश्चिमि टेम्केमैयुङ गाउँपालिकाको टेन्डर प्रक्रिया १५ पछि पुनः आह्वान गरिने भएको छ । शुक्रवार वोलपत्रको लागि अन्तिम मिति भए पनि नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले निर्माण व्यावसायीसंग ठेक्काको आधा भाग हुनु पर्छ भन्ने माग गरेपछि कुनै पनि व्यावसायीले वोलपत्र नहालेका हुन् ।

शनिवार अकस्मिक रुपमा वसेको गाउँपालिकाको बैठकले नेपाल कम्युनिष्ट पार्टी कारण अवरोध भएको टेण्डर पक्रियालाई पुन १५ दिने सुचना टास गरेर आवहान गर्ने निर्णय गरेको हो । टेन्डरको लागि ३२ ओटा निर्माण व्यावसायी संघहरुले फर्म किनेका भएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अवरोध गरेको कारण शुक्रवार वोलपत्र पेश गर्ने अन्तिम दिन कसैले पनि वोलपत्र नहाले पछि यस्तो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले स्थानीय तहको निर्वाचन तथा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ता माथी लागेका राजनितीक मुद्धा तथा अभियोग चाडै किनारालगाउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार