भोजपुरमा थप पाँच जनामा कोरोना पुष्टि


भोजपुर, २४ भदौ । भोजपुरमा पुनः थप पाँच जनामा कोरोना देखिएको छ । षडानन्द नगरपालिकाका दुई महिला सहित तीन पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।संक्रमति हुनेमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । उनीहरु बाहिरी जिल्ला घुमफिर गरेर आएर होमक्वारेन्टिनमा बसेका थिए ।

स्वाब संंकलन गरी गत २२ गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका ११ जना मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले जानकारी दिए । यस अघि भारतबाट छुट्टीमा आएका भोजपुरको हतुवागढी गाउँपालिका घर भएमा तीन भारतिय सेनामा पनि कोरोना पुष्टि भएको थियो ।हाल सम्म भोजपुरमा १७ जनामा कोरोना देखिएकोमा नौ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार