भ्रामक समाचार प्रति नेकपा अरुण गाउँपालिकाको कडा आपत्ती (विज्ञप्ती सहित)


भोजपुर, १८ भदौ ।
भोजपुरको अरुण गाउँपालिकामा मलको कालोबजारी भएको विषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता सम्लग्न भएको भन्दै आएको समाचारको नेकपा अरुण गाउँपालिका भोजपुरले कडा आपत्ति जनाएको छ ।विना प्रमाण नेकपालाई बन्दाम गर्ने तबरबाट विभिन्न सञ्चार सम्प्रेषण भएको भन्दै नेकपा अरुण गाउँपालिकाले भ्रत्सना गरेको हो ।

मुख्यमन्त्री र लाल झण्डाको आडमा नेकपाका नेता मल तस्करीमा शिर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नेकपा अरुण गाउँपालिकाले कडा आपत्ति जनाएको हो। नेकपाका अरुण गाउँपालिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्धारा जारी  प्रेस विज्ञप्तीमा समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ , नेपाली काग्रेसका स्थानिय कार्यकर्ता अर्जुन भुजेलको प्रत्यक्ष संलग्नता रहेको जानकारी आएकाले भ्रामक समाचारको पुष्टि गर्न समेत समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई कडा चुनौती दिन चाहन्छौ । जारी विज्ञप्ती मार्फत कालो बजारीमा संलग्न जो सुकै भए पनि कानुन बमोजिम कडा कार्वाही गर्न माग गरिएको छ ।

बिज्ञप्तीमा मार्फत जनतालाई तथ्य सहित सहि सुचना सम्प्रेषण गर्नुको अलावा संवैधानिक र सम्मानित संस्थाको प्रमुख र पार्टीको झण्डालाई जोडेर तथ्यहिन समाचार प्रकाशन गरेर जनतामा भ्रम सृजना गरिएको प्रति घोर भत्र्सना गरिएको छ ।

विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार