केन्द्रीय कारागारका ३ कैदीको मुत्यु, एकजना कोरोना संक्रमित


काठमाडौ, १६ भाद्र । केन्द्रिय कारागारमा मृत्यु भएका ३ कैदीमध्ये एकजनाको कोरोना संक्रमण पुष्टि भएको छ । मेगा अस्पतालमा उपचार भइरहेका ४० वर्षका कैदीमा कोरोना पृष्टि भएको थियो ।

विर अस्पतालमा उपचारको क्रममा अन्य २ जनाको मृत्यु भएको हो । मृतक अन्य २ जना मध्ये एक जनाको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो भने एक जनाको रिर्पोट आउन बाँकी रहेको थियो । हिजो मात्र केन्द्रिय कारागारमा रहेका ५२ जना कैदीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार