महान्यायाधिवक्ताद्धारा भोजपुरको सरकारी वकील कार्यालय भवनको उद्घाटन


भोजपुर, ७ भदौ ।
जिल्ला सरकारी वकिल कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । प्रविधिको प्रयोग गर्दै भिडियो कन्फेरेन्सको मध्यमबाट  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यस्तै महान्यायाधिवत्ता खरेलले भिडियो कन्फरेन्स मार्फत अन्य १० वटा भवनको पनि एक साथ उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिवक्ता खरेलले आफ्नो कार्यकालको अढाई वर्षमा ५२ ओटा भवन बनेको जानकारी दिए ।

साथै आफु जिम्मेवारीमा वाहल भएको ३० महिनामा विभिन्न जिल्लामा ३० ओटा नयाँ भवन निर्माण गर्न सफल भएको समेत बताए । न्यायाधिवक्ता खरेलले भने‘ हामीले अहिले कार्यालयको भवनमा निर्माणलाई ध्यान दिएका छौ, त्यो एउटा कार्यसम्पादनको लागि आवश्यक तत्व हो, त्यसले हामीलाई कार्यसम्पादनमा सहजता थपिएको छ, अव यसलाई निरन्तरता दिँदै कार्य क्षमता विकासको लागि पनि योजनावद्धरुपमा कामहरु भईरहेका छन् । अव हामीले आफ्नो कार्यक्षमताका विकासमा ध्यान दिन आवश्यक छ। त्यसमा मेरो पूर्ण रुपमा साथ र सहयोग छ। यस वर्षलाई अभियोजन सुधार वर्षको रुपमा घोषणा गरेर काम गरिरहेको अवस्था छ, यसलाई पूर्ण रुपमा कार्यान्वयन गरी सफलता हासिल गर्न सवै जना योजनाबद्ध रुपमा लाग्न आवश्यक छ ।’
एक रोपनी क्षेत्रफल भित्र रु. तीन करोड ३४ लाख लागतमा भवन निर्माण भएको पाँच तले भवनमा पालेघर सहित २२ वटा कोठाहरुको रहेको कार्यालयको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाका सरकारी वकील कार्यालय भोजपुरका प्रमुख  प्रमोद भट्टराईले जानकारी दिए । त्यस्तै भवनमा पीडित मैत्री कक्ष, स्तनपान कक्ष, बयान कक्ष, मुद्दा तथा अभिलेखालय र प्रशासनिक संयन्त्रको व्यवस्था गरिएको छ ।
पुरानो भवनमा छुटै कोठाको व्यवस्था नहुँदा कतिपय गोपनियतालाई ध्यान राख्दै बयान लिने क्रममा समस्या हुने गरेको भएपनि अहिले त्यो अवस्थाको अन्त्य भएको कार्यालयले जनाएको छ। विगतका वर्षहरुमा भूकम्पले जीर्ण भएको भवनमा बसेर काम गर्नु पर्ने अवस्था भएपनि अहिले कार्यालय भवन निर्माण भएपछि कार्यसम्पादनमा सहजता थपिएको कर्मचारीले बताएका छन् । भवन निर्माण जिम्मा कुन्सालिङ कन्स्ट्रक्सनले प्रा.लिले लिइएको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी २०७५ साल कात्तिक १९ गते सम्झौता भएकोमा सम्झौता भन्दा अगावै २०७६ चैत्र ११ गते भवन निमार्ण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार