च्याङ्ग्रे पोखरी र पञ्चकन्या माविको डिपीआर तयार -भिडियो सहित


भोजपुर, १३ साउन ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको छ । गाउँपालिकाले पहिचानको रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यको साथ डिपीआर तयार गरेको हो । डिपीआर अनुसार पोखरीको कुल निर्माण लागत रु. दुई करोड १२ लाख ५९ हजार ७४ रुपैँया रहेको छ ।

https://www.facebook.com/112564173556794/videos/716571282456817/

पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, पानी वोट सञ्चालनमा ल्याउने, ढलको व्यवस्था गर्ने, वगैंचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाईसंगै घेराबारा लगाउने लगाएतका काम गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको पनि डिपीआर तयार गरेर काम अगाडी बढाउने भएको छ । विद्यालयको पुरानो स्वरुपलाई यथावत राख्दै भौतिक संरचनाहरु निर्माण गरिने गाउँपालिकाले जनाएको छ । डिपीआर अनुसार विद्यालयको विभिन्न संरचना निर्माणको लागि रु.एक करोड २७ लाख ५९ हजार लाग्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । सो विद्यालयलाई गाउँपालिकाको नमूना विद्यालयको रुपमा विकास गर्ने समेत अध्यक्ष राईले बताए । विद्यालयको गुणस्तर बृद्धि गराउनको लागि अभिभावकहरुसंग समन्वय गरेर आवशिय विद्यालय बनाइने अध्यक्ष राईको भनाई छ ।
गाउँपालिका अध्यक्ष राईले भने,‘हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकिय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा काम अगाडी बढाएको छौ, हाम्रो योजनामा रहेका सबै क्षेत्रको विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकोले प्रदेश सरकार तथा केन्द्र सरकारसंग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौ, भने गाउँपालिकामा आएको रकमले पनि कतिपय कामहरु शुरु भईसकेका छन्, गाउँपालिकाको सबै क्षेत्रको विकासको लागि गुरु योजनामा बनाएर काम गर्ने उेद्धश्य भएपनि रकम अभावले मुख्य मुख्य क्षेत्रको छनौट गरेर छुटाछुटै डिपीआर तयार गरेर काम अगाडी बढाएका हौ । ’
‘च्याङग्रे पोखरी ऐतिहासिक र धार्मिक क्षेत्र रहेकोले संरक्षणमा लागेका छौ, संस्कृति तथा पर्यटन मन्त्रालयसंग सहकार्य गरेर विकास गर्दै यसलाई सम्पदाको सूचीमा राख्ने हाम्रो लक्ष्य छ । अध्यक्ष राईले भने ।
गाउँपालिकाले यस अघि पर्यटकिय क्षेत्र अरुण डाँडा, च्याङग्रे ‘भ्यू’ टावर, अन्तराष्ट्रिय मापदण्ड अनुसारको मिराराई रंगाशाला, सन्तानेश्वर महादेव लगाएत क्षेत्रको डिपीआर तयार गरेर प्रदेश सरकारसंगको सहकार्यमा कतिपय ठाउँमा काम समेत अगाडी बढाइसकेको छ । त्यस्तै गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपीआर तयार गरिसकेको छ ।
च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको लागि रु. ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि रु. दुई करोड सात लाख र अरुणडाँडामा भवन निर्र्माण तथा अन्य संरचना निर्माणको लागि रु. चार करोड ५० लाखको लागत बराबरको डिपीआर तयार गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार