अन्तरवार्ता – अहिलेको प्राथमिकता जनता बचाउनु हो, हामीले राहत दिँदा अरुलाई किन चिन्ता ?


भोजपुर, १७ जेठ ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले कामको शिलसिलामा जिल्ला वाहिर रहेका नागरिकको तथ्याङ्क संकलन थालेको छ । गाउँपालिकाले बाहिर रहेका नागरिकलाई उनीहरु बसेकै स्थानमा राहत वितरण गर्ने लक्ष्यका साथ तथ्याङ्क संकलन थालेको गाउँपालिकाले जनाएको छ ।

काठमाण्डौ उपत्यका, झापा, मोरङ, सुनसरी लगाएत ठाउँमा रहेकाहरुले विवरण टिपाउनका लागि आफ्नो वडाका वडाध्यक्षसंग सम्पर्क गर्न गाउँपालिकाले सूचना समेत जारी गरेको छ । गाउँपालिका अध्यक्ष किरण राईले आफ्ना नागरिकको हित हुने तबरबाट गाउँपालिकाले काम गरिरहेको बताएका छन् । आफ्ना नागरिकलाई कोरोनाको संक्रमणबाट बचाउने दायित्व गाउँपालिकाको रहेकाले सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न आग्रह गरे । अध्यक्ष राईले भने, ‘गाउँपालिकाका नागरिकलाई बचाउने दायित्व हाम्रो हो, त्यस तर्फ हामी गम्भिर भएर लागेका छौ, लकडाउनका कारण अतिनै समस्यामा रहेका नागरिकलाई दोश्रो चरणको राहत दिने तयारीमा छौ, भने गाउँपालिका बाहिर रहेका नागरिकलाई पनि राहत दिने तयारी छ ।’ गाउँपालिकाका नागरिकलाई बचाउन सके बिकासका काम आगमी वर्ष पनि गर्न सकिने बताउँदै अध्यक्ष राईले भने, ‘ हाम्रो स्थानीतहमा तीन महिना सम्म खान नपुग्ने नागरिकलाई राहत दिएको विषयमा केहि स्थानीय तह तथा मानिसहरुले अनवाश्यक राहत वितरण गरेको भनेर टिकाटिप्पणी गरेको पनि सुन्न पाइयो, उहाँहरुलाई हाम्रो गाउँपालिकाले राहत दिएको विषयमा चिन्ता नगर्न अनुरोध छ, राहतको नाममा झारो टार्ने गरि भन्दा पनि जनतालाई महशुस हुने गरि दिए हुन्छ ।’ त्यस्तै गाउँपालिका भित्र लकडी ब्यवसायमा समेत गाउँपालिकाले रोक लगाएको छ ।

ढुवानीको लागि प्रयोग भएका साधनमा मानिसहरुको आवत जावत बढ्न थालेपछि गाउँपालिकाले लकडी ओसार पसारमा रोक लगाएको हो । साथै सामाजिक दुरी समेत कायम नगरी मानिसहरु भेला भएर काम गरिरहेको जनगुनासो आएसंगै रोक लगाएको गाउँपालिको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार