भोजपुरका दलित अगुवाले विरोध ¥याली सहित बुझाए ज्ञापन पत्र (विज्ञप्ती सहित)


भोजपुर, १६ जेठ ।
अन्तरजातिय विवाहको विषयलाई लिएर रुकुम जिल्लामा भएको सामुहिक हत्याको विरोध गर्दै भोजपुरका दलित अगुवाहरुले विरोध ¥याली सहित ज्ञापन पत्र बुझाएका छन् । गत शनिबार अन्तर जातिय विवाहलाई लिएर जाजरकोट जिल्लाका नवराज विक सहित अन्य ५ जनाको गाउँलेले कुटपिट गरी हत्या गरेको विषयमा दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्रमा बझाएका हुन् । अन्तर जातिय विवाहलाई लिएर भएको उक्त अमानविय कार्यको विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ । विज्ञप्तिमा दोषीलाई कडा कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

हेर्नुस विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार