भोजपुरमा नदिले बगाउँदा युवकको ज्यान गयो


भोजपुर, ८ जेठ । भोजपुरको आमचोक गाउँपालिकामा नदिले बगाउँदा एक युवकको ज्यान गएको छ । वडा नं – ९ घर भएका स्थानीय २१ वर्षीय अशोक श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौडी खेल्ने क्रममा बेपता भएका श्रेष्ठको सव खोजी गर्ने क्रममा बुधवार नदि किनारमा फेला परेको थियो । उनको सवलाई आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि आज (विहिबार) जिल्ला अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार