वन्दको कारण भोजपुर सहित चार जिल्लाको जनजिवन कष्टकर, रातभर सडकमै वस्छन् आन्दोलनकारी !!


 

भोजपुर, २१ पौष ।

तीन दिन देखि भएको धनकुटा बन्दका कारण यातयात सञ्चालन हुन नसक्दा भोजपुर सहित ४ जिल्लाको जनजीबन कस्टकर बनेकोे छ । वन्दको कारण भोजपुर संखुवासभा, तेह्रथुम, धनकुटाको जनजिवन प्रभावित वनेको हो । यी चारओटै जिल्लाका सवारी तथा धुवानीका साधन धनकुटा भएर नै जानु पर्ने भएकोले वन्दको प्रभाव प्रत्यक्ष रुपमा परेको हो ।

प्रदेश नम्वर एकको राजधानी धनकुटालाई बनाउनु पर्ने माग गर्दै धनकुटावासीले लामो समय देखि आन्दोलन गर्दै आएका छन् । यस अघिका दिनमा धनकुटावासीले विरोधका अन्य गतिवधि गर्दै आएको भए पनि १९ गतेबाट भने आमह्ताल गरेका हुन् ।

सवारीलाई वेलुका ५ वजेबाट विहान ५ वजे सम्म सञ्चालनमा रोक नलाउने जनाइएको भए पनि १९ गतेबाट रातको समयमा समेत आन्दोलनकारीले सवारी सञ्चालनमा रोक लगाएको धनकुटाका पत्रकार रविन कटेलले जानकारी दिए । कटेलका अनुसार आन्दोलनकारीले रातको समयमा पनि सडकमा वसेर यातयात सञ्चालनमा ल्याउन दिएका छैनन् । हाल सम्म आन्दोलनकारीले ४ वटा वस र एकमोटरसाइकलमा तोडफोड गरि सकेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख (एसपी) सुदिपराज भण्डारीले  रातको समयमा केहि वसलाई स्कटिङ्ग गरेर पठाउने गरेको भए पनि पछिल्लो चरणमा भने समस्या भईरहेको वताएका छन् ।

धनकुटाबाट कुनै किसिमका सवारीका साधान चल्न नदिने भए पछि भोजपुरबाट आवत जावत गर्ने यात्रुहरु झनै समस्या परेको यातायात मज्दुर संघ भोजपुरका अध्यक्ष महेश राईले वताए ।

यातयात सञ्चालनमा समस्या हुँदा व्यावसायीलाई दैनिक करिव २ लाख घाटा भईरहेको राईको भनाई छ । भोजपुरबाट धरानको लागि दैनिक आठ वस, २ ओटा ट्याक्सी सञ्चालनमा आउने गरेका छन् ।  भोजपुर जिल्ला भित्र सञ्चालन हुने सवारी साधनहरु भने चलिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार