पौवादुङमा गाउँपालिकाले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्ने


भोजपुर, १५ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धार गरेर गाउँपालिका ल्याउने भएको छ । गाउँपालिकाले निर्णय नै गरेर काठमाण्डौ, विराटनगर, इटहरी धरान लगाएतका ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई २१ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा गाउँपालिका ल्याउने व्यवस्था गर्न लागेको हो । गाउँपालिकाले ती शहरहरुमा सम्पर्क केन्द्र तोक्ने र बसको ब्यवस्था गरेर गाउँपालिकामा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने ,‘ हामीले आफ्ना नागरिकलाई उद्धार गरेर ल्याउने निर्णय पारित गरेर कामलाई अगाडी बढाएका छौ, नेपालको विभिन्न ठाउँमा रहेका मानिसहरुलाई केन्द्र तोकेर ल्याउने व्यवस्था मिलाएका छौ, आउने चाहनेहरुले त्यहाँ सम्पर्क गरेर आउन सक्नुहुन्छ ।’

https://www.facebook.com/112564173556794/videos/228260481601123/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार