पौवादुङमा गाउँपालिकाद्धारा २२ बेड क्षमताको क्वारेन्टाइन निर्माण


भोजपुर, २९ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको पौवादुङमा गाउँपालिकामा २२ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
गाउँपालिकाले गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा आवश्यक सुविधा सहितको १० र प्रत्येक स्वास्थ्य सस्थामा दुई/दुई ओटाका दरले गरि २२ ओटाक्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने‘ गाउँपालिकाले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुविधा सहितको क्वारेन्टाइनको निर्माण गरेका छौ, कोरोनाको संक्रमणको आशंका लागेमा त्यस्ता ब्यक्तीलाई सो स्थानमा राखेर स्वास्थ्य उपचार गरिनेछ ।’ क्वारेन्टाइनमा लोबेड,सिरक,तौलिया,सिरानि,तन्ना,डसना,म्याट,चप्पल,चार्ज गर्ने ठाउँ,थर्मस, टर्चलाईट,डस्बिन, फिल्टर लगायतसंगै तातोपानी चिसोपानी समेतको व्यावस्था रहेको छ । त्यस्तै गाउँपालिकाले दुई ओटा आइसोलेसन बेड पनि तयार गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै  गाउँपालिकाले स्थानीयमा जनचेतना फैलाउदै, आफ्नो क्षेत्रमा प्रवेशमा कडाई गरेको छ, भने गाउँपालिका प्रवेश गर्ने नाकाहरु पूर्ण रुपमा बन्द गरेको छ।

गाउँपालिकाले विगतका दिनमा भएको विभिन्न प्राकृतिक प्रकोपसंगै लक डाउनका कारण समस्यामा परेको स्थानीयको समस्यालाई ध्यानमा राख्दै दुई हजार ६४५ जनालाई दुई महिना सम्म खान पुग्ने गरी राहतको तयारी गरेको जनाएको छ । गाउँपालिकाले राहतका लागि समस्यामा परेका स्थानीयको तथ्याङ संकलन गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार