भोजपुरमा एकै रात पाँच ओटा पसल चोरी गर्ने, ५ जना प्रहरीद्धारा सार्वजनिक


भोजपुर,५ चैत्र । भोजपुरमा जिल्ला प्रहरी कार्यालय भोजपुरले चोरी घटना पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई आज (बुधबार) कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -५ खावाका १९ वर्षीय युवराज सुन्दास, भोजपुर नगरपालिका ११ आम्त्तेकका १९ वर्षीय ईवक दर्जी, २२ वर्षीय दिपक दर्जी, २१ वर्षीय महेश दर्जी र १९ वर्षीय बिजय कार्की रहेका छन् । उनीहरुले गत फागुन २८ गते पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाको सन्जिव सुब्बाको घर पसल, भोजपुर नगरपालिका वडा नं. ११ यलम्वर चोक स्थित गणेश बहादुर श्रेष्ठ, तिर्थराज श्रेष्ठ, शुक्रराज राई र जय प्रसाद श्रेष्ठको घर तथा पसलहरूबाट ताल्चा र ह्याण्डल तोडी नगद तथा विभिन्न जिन्सी मालसामानहरू चोरी गरेका थिए ।चोरी भएका सामानहरु भोजपुर बजार क्षेत्रमा ल्याएर बेच्न सक्ने भन्दै बजार क्षेत्रहरुमा प्रहरी टोलीद्धारा निगरानी राख्ने क्रममा युवराजले भोजपुर बजार स्थित एक पसलमा ल्यापटप मर्मत तथा बेचविखनका लागि ल्याएको समयमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । पक्राउ परेका युवराजको साथबाट प्रहरीले डेल कम्पनीको ल्यापटप एक थान, एनटिसीको रिचार्ज कार्ड सयको १० थान, ५० को १७ थान, ऐनसेलको सयको ९ थान, ५० को २२ थान, नगद रु.६ हजार ७६५, फलामको छिनो एक थान बरामद गरेको थियो भने ईवकको साथबाट नगद रु.२४०, दिपकको साथबाट नगद रु. ६ हजार ९२० रुपैंया बरामद गरेको हो ।

त्यस्तै उनीहरु पक्राउ परेपछि अनसन्धानको क्रममा काँसको थाल ३२ थान, काँसको बटुका २ थान र दुर्गा भाँडा पसल लेखिएको बिलको ठेली १ थान बरामद भएको प्रहरी नायब उपरीक्षक मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार