वडा कार्यालयद्धारा स्थानीयलाई निःशुल्क मास्क वितरण (भिडियो सहित)


भोजपुर, ३० फागुन ।
कोरोना भाइसर (कोभिट –१९) बाट बच्नको लागि निःशुल्क मास्क वितरण गरिएको छ । स्थानीयलाई यस रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यका साथ अरुण गाउँपालिका– ७ सिक्रेटार जरायोटारले एक हजार ४०० जनालाई निःशुल्क मास्क वितरण सुरु गरेको छ ।
वडाध्यक्ष डिल्लीराम अधिकारीका अनुसार वडा भरिका सबै करिब दुई हजार ५०० जनालाई निःशुल्क मास्क वितरण हुनेछ । वडाध्यक्ष अधिकारीले भने ‘ देशमा कोरोना भाइरसको हल्ला चलिरहेको छ, त्यसैले यसबाट बच्ने उपायसहित वडाका सवै जनालाई २÷२ वटाका दरले मास्क वितरण गर्ने योजनाका साथ काम गरिरहेको छौ ।’ वडा कार्यालयले आफ्नो क्षेत्रका नागरिकलाई भिडभाडमा नजान आग्रह गर्दै अन्य क्षेत्रबाट आउने मानिसहरुलाई अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ । आफनो वडामा मास्क वितरण गरेपछि वडाबासी खुसी भएका छन् ।
बजारमा मास्कको अभाव देखिएको अवस्थामा वडाले मास्क वितरण गरेर राम्रो काम गरेको वडा नम्बर ७ का बासिन्दा बताउँछन् । त्यस्तै वडा कार्यालयले सेवा लिन आएका सेवाग्राहीलाई औषधी समेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार