भोजपुरमा शिशुको हत्या गर्ने जोडी कारागार चलान


भोजपुर, ३ चैत्र ।
जिल्ला अदालत भोजपुरले अवैध सम्बन्धपछि बच्चा जन्माएर फाल्ने महिला सहित पुरुषलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुरकोहतुवागढी गाउँपालिका –२ रानीवासकी ३५ वर्षीय अञ्जना राई र उनीसंग अवैध सम्बन्ध राख्ने सोहि ठाउँका ४० वर्षीय रोशन राईलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

अञ्जानाले गाउँ समाजको लाजका कारण जिवित शिसु जन्माएर हत्या गरि खोल्सीमा फाकेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले शिशुको शव सडेको अवस्थामा गत माघ १९ गते फेला पारेको थियो ।

शव फेला पारेको ८ दिन सम्मको अनुसन्धानपछि प्रहरीले अञ्जनलाई गत माघ २७ गते सोमबार पक्राउ गरेको थियो भने रोशनलाई फागुन ७ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार