बलात्कार आरोपित कृष्णदास कारागार चलान


इटहरी, २१ फागुन । बलात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । आज जिल्ला अदालत सुनसरीमा पुगी गिरीले आत्मसमर्पण गरेका छन् ।अदालतमा उपस्थित भएका गिरीलाई आजै थुनुवा पुर्जी थमाईएको छ । अदालतको पत्रसँगै गिरीलाई झुम्का कारागार कारागार चलान गरिएको हो ।मुद्दाको फैसला नआउन्जेल गिरी अब झुम्का कारागारमा थुनुवाका रुपमा रहने सुनसरी जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले बताए ।

अनुयायी बलात्कारको आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो । जिल्लाको सो आदेश विरुद्ध उच्च अदालतमा निवेदन परेको थियो । उच्चले जिल्लाको निर्णय उल्टाउँदै गिरीलाई थुनामा राखी कार्वाही अघि बढाउन आदेश दिएको थियो । उच्च अदालत बिराटनगरले सुनसरी जिल्ला अदालतको निर्णय बदर गरेकै दिनबाट गिरी सम्पर्क विहिन भएका थिए ।

गिरीले संचारकर्मीहरुसँग प्रतिकृया दिदै आफु फरार नभई उपचारका लागि भारत गएको बताए । उपचारका क्रममा उच्च अदालतको आदेश थाहा पाएपछी आफु अदालतमा उपस्थित हुन आएको गिरीले बताए ।महिला अनुयायीले चतरा स्थित आश्रममा कात्तिक ४ गते आफुमाथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार