राहत शिक्षक भोजपुरको अध्यक्षमा बिष्ट


भोजपुर, १८ माघ । नेपाल राहत शिक्षक जिल्ला समिति भोजपुरको अध्यक्षमा कटकबहादुर बिष्ट चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको महिला उपाध्यक्षमा करिश्मा श्रेष्ठ, उपाध्यक्ष खगेन्द्र ढकाल, सचिव फणिन्द्र लामिछाने, सहसचिव रमेशकुमार चौहान, कोषाध्यक्ष विरजंग राई चयन भएका छन् । नयाँसमिति १७ सदस्यीय रहेको बताइएको छ ।भोजपुर सदरमुकाममा रहेको जनसेवा आधारभूत विद्यालयमा सम्पन्न अधिवेशनको उद्घाटन गर्दै नेपाल राहात शिक्षक केन्द्रिय समितिका सह–अध्यक्ष कृष्ण विष्टले ४० हजार राहत शिक्षकको स्थायीत्वका लागि पहल भइरहेको बताए । पेशाको स्थायीत्व नभए सामाजिक न्यायका लागि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने उनले बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश अध्यक्ष गुरु अधिकारी, केन्द्रिय सचिव डिपी ढुङगेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष राजधन राईलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार